महंगियो सुन-चाँदीको भाउ

काठमाडौं । नेपाली बजारमा सुन-चाँदीको भाउ बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आइतवार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ सय रुपैयाँ निर्धारण भएको थियो । आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १४ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ १३ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here