कुमारी-एनसीसी मर्जर: कुमारी बैंकको नामबाट थाल्यो एकीकृत कारोबार

काठमाडौं । कुमारी र नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकले एकीकृत कारोबार शुरु गरेका छन् । कुमारीले एनसीसीलाई गाभेर आजदेखि एकीकृत कारोबार सुरु गरेको हो ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मर्जरपछि बनेको बैंकको नाम ‘कुमारी बैंक लिमिटेड’ कायम हुने सार्वजनिक सूचनामार्फत जानकारी दिएको थियो ।

यी दुई बैंकले गत असोजमा दुई बैंकबीच सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) १ः१ मा रहने सहमति गरेका थिए ।

नयाँ बैंकको चुक्ता पूँजी २६ अर्ब २३ करोड पुगेको छ । जगेडा कोषसहित बैंकको पूँजीकोष ३७ अर्ब ६५ करोड पुगेको छ । बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड पुगेको छ ।

राष्ट्र बैंकले पुसभित्र एकीकृत कारोबार गरिसक्ने बैंक तथा वित्तीय संस्थाहरुलाई सहुलीयतको व्यवस्था गरेको छ । जसको कारण बैंकहरु पुसमसान्त भित्रै कारोबार गरिसक्ने प्रयास गरिरहेका छन् ।

यो संगै हाल वाणिज्य बैंकको संख्या २६ रहने भएको छ भने ८ वटा बैंकहरु अझै मर्जर प्रक्रियामै रहेका छन् ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल बनेका छन् । उनी यसअघि एनसीसी बैंकका प्रमुख कार्यकारी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here