इतिहासमै सबैभन्दा बढी सम्पत्ति गुमाउने व्यक्ति बने एलन मस्क

एजेन्सी । ट्वीटरका मालिक एलन मस्क इतिहासमै सबैभन्दा बढी सम्पत्ति गुमाउने व्यक्ति बनेका छन् ।

सन् २०२१ मा ३०० अर्ब डलरभन्दा बढी सम्पत्ति कमाउने पहिलो व्यक्ति बनेका मस्क २०२२ मा भने बढी सम्पत्ति गुमाउने व्यक्ति बने ।

उनी इतिहासका एक मात्र त्यस्ता व्यक्ति हुन् जसको सम्पत्ति २०० अर्ब डलर (करिब दुई सय ६० खर्ब रुपैयाँ) बढीले घटेको छ । मस्कले ४४ अर्ब डलरमा ट्वीटरको पूर्ण स्वामित्व लिएपछि टेस्लाले ठूलो नोक्सानी बेहोर्दै आएको छ ।

५१ वर्षीय एलन मस्कको सम्पत्ति अहिले एक सय ४६ अर्ब डलरमा सीमित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here