काम नलाग्ने नोटबाट बनाएको ब्रिकेटका टुक्रा बेच्दै राष्ट्र बैंक, बोलकबोल आह्वान

फाइल फोटो

काठमाडौं । नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोटबाट बनाएको ब्रिकेटरस्रेडेड टुक्राहरु बिक्रीका लागि बोलकबोल पेश गर्न आह्वान गरेको छ ।

राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागका साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयले उत्पादन गरेको ब्रिकेट बिक्रीमा राखेको हो।

पुराना नोटलाई मेसिनबाट टुक्राएर भदौदेखि ब्रिकेट बनाउन थालेको राष्ट्र बैंकले ४५ दिने सूचना सार्वजनिक गर्दै खरिदको लागि आह्वान गरेको छ ।

करिब २ लाख ७५ हजार केजी ब्रिकेट बिक्रीमा राखेको हो। इच्छुक व्यक्ति तथा संस्थाले ४५ दिन दरभाउ प्रस्तावको ढाँचा प्राप्त गरी ४६औं दिनको दिउँसो १२ बजेभित्र दरभाउ प्रस्ताव पेश गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । ब्रिकेटको मूल्य प्रतिस्पर्धीबाट तय हुने केन्द्रीय बैंकले जनाएको छ ।

चलनचल्तीमा ल्याउन नमिल्ने झुत्रा र पुराना नोटलाई मेसिनबाट टुक्र्याएर राष्ट्र बैंकले २०७८ भदाैदेखि ब्रिकेट बनाउन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here