दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब नाघ्यो

काठमाडौं, १७ पुस । शेयर बजारमा दोहोरो अंकले बढेको छ ।

साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से)१७.२६ अंकले बढेर २०४६.२९ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २६१ कम्पनीको ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँ बराबरको १ करोड,८ लाख ८० हजार ९०४ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमध्गे ११ वटा हरियो भएको छ भने २ वटा घटेको छ ।

उच्च अंकले बढेको बजारमा एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । ४ वटा कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज सिद्धार्थ इक्विटी फण्डकोे शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको २२ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ ।

नेपाल टेलिकमको १९ करोड ८८ लाख र हिमालयन डिष्ट्रिलरी लिमिटेडको १५ करोड ८० लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here