ग्लोबल आईएमई र बीओकेलाई मर्जरको अन्तिम स्वीकृति, नाम भने परिवर्तन

फाइलफोटो

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू (बीओके)लाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ ।

राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

यस्तै, एकिकृत कारोबारको लागि दुवै बैंकको साधारणसभाबाट पारित गरिएको ‘ग्लोबल आईएमई बीओके लिमिटेड’ नाम भने परिवर्तन भएको छ । दुवै बैंकले अब ‘ग्लोबल आईएमई बैंक’को नामबाट एकीकृत कारोबार गर्ने भएका छन् ।

यसअघि प्रस्ताव गरिएको बैंकको नाममा बैंक शब्द नभएको भन्दै राष्ट्र बैंकले नयाँ नाममा ल्याउन भनेको थियो । यसअघि ग्लोबल आईएमई बैंक र बीओकेबीच मर्जर प्रयोजनका लागि २०७९ असार २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कात्तिक २८ गते अन्तिम सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

मर्जरको निम्ति सेयर स्वाप अनुपात १ बराबर १ कायम गर्नेगरी दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् । उक्त अनुमोदनलाई दुबै बैंकले मंसिर २३ गते साधारणसभाबाट समेत पारित गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here