भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, आयल निगमले नबढाउने

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

आइओसीले निगमलाई पुस १७ गते (जनवरी १ तारिख) मा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले हरेक १५-१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।

आइतबार प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोलमा २.५४ प्रतिलिटर, डिजेलमा २.९५ प्रतिलिटर, हवाई इन्धनमा ४.१३ प्रतिलिटर र एलपी ग्यासमा प्रतिसिलिण्डर ७८.२२ ले बढेको र मट्टितेलमा केही घटेर आएको भएतापनि निगमलाई हाल एलपी ग्यासमा ३५९.५० प्रतिसिलिण्डर घाटा (१५ दिनको घाटा ४६.४४ करोड )घाटा हुने अवस्था देखिएको निगमले जनाएको छ।

पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफालाई गणना गर्दा समग्रमा आगामी १५ दिनमा निगमलाई अनुमानित ९९ करोड रुपैयाँ नाफा हुने देखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

२०२३ जनवरी ८ मा आईओसीलाई भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता र सरकारलाई तिर्नुपर्ने ऋण गरी अझै करिब १८ अर्ब निगमको ऋणको दायित्व रहेको उसको दाबी छ।

भारतबाट मूल्य बढेर आएपनि नेपाल आयल निगमले इन्धनको मूल्य यथावत् राख्ने भएको छ।  आइतबार एक विज्ञप्ति जारी गर्दै निगमले भारतबाट इन्धनको मूल्य बढेर आएपनि समग्रमा निगम नाफामा रहेकाले हाललाई इन्धनको मूल्य नबढाउने जनाएको हो।

काठमाडाैं। भारतबाट मूल्य बढेर आएपनि नेपाल आयल निगमले इन्धनको मूल्य यथावत् राख्ने भएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै निगमले भारतबाट इन्धनको मूल्य बढेर आएपनि समग्रमा निगम नाफामा रहेकाले हाललाई इन्धनको मूल्य नबढाउने जनाएकाे हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here