न्यूनचापीय प्रणालीको प्रभाव: यी स्थानमा वर्षा र हिमपातको सम्भावना

oppo_0

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको छ । जसको प्रभवाले प्रदेश १ को पहाडी भू–भागमा हल्का वर्षा तथा गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ।

पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेकाले सोमबार वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार तराई–मधेशमा बाक्लो हुस्सु र कुहिरो लाग्नाले चिसो बढेको छ। हिमाली भेग, उच्च पहाडी क्षेत्रमा हिमपात हुने र तराईमा बाक्लो कुहिरो हुस्सु लाग्ने कारण एक सातासम्म चिसो बढ्ने विभागले जनाएको छ। 

क्रमिक रूपले चिसो बढेकाले यसबाट बच्ने उपाय अपनाउन पनि विभागले आग्रह गरेको छ।

पुस १८ गते (सोमबार)

दिउँसोː  प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा  आंशिक बदली देखि मौसम सामान्यतया सफा  रहनेछ।  प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

पुस १९ गते (मंगलबार)

दिउँसोː  देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

पुस २० गते (बुधबार)

दिउँसोː प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here