जनतालाई शीतलहरबाट जोगाउन सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्रीसहित मुलुकभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको ‘भर्चुअल’ बैठक शुरु भएको छ।

गृह मन्त्रालयबाट मन्त्री रवि लामिछाने तथा सुरक्षा निकायका प्रमुख सहभागी उक्त बैठकमा जिल्ला सुरक्षा समितिमा रहेका सबै सुरक्षा निकायका प्रतिनिधि सहभागी छन्।

उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए ।

मन्त्री लामिछानेले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । सोही क्रममा मन्त्री लामिछानेले गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिएका छन् ।

यस्तै गृहमन्त्री लामिछानेले गृहप्रशासनको काम कारबाही र सेवालाई प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशनसमेत दिने मन्त्रालयले जनाएको छ।

यो बैठक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने, नागरिकका गुनासा सम्बोधन गर्दै गृहप्रशासनको सेवा छिटो र छरितो रूपमा उपलब्ध गराउनेलगायतका विषमया केन्द्रित रहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here