दोहोरो अंकले बढ्यो नेप्से, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १८ पुस । शेयर बजारमा दोहोरो अंकले बढेको छ ।

साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)१७.५६ अंकले बढेर २०६३.८३ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५३ कम्पनीको २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४४० रुपैयाँ बराबरको ८२ लाख ७१ हजार ३५५ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । आइतवार ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँ बराबरको कारोबार भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमध्ये १० वटा हरियो भएको छ भने २ वटा घटेको छ ।

उच्च अंकले बढेको बजारमा दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । २ वटा कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशत भन्दा बढीले बढेको छ । धौलागिरी र श्रृजनशील लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, अजोड इन्स्योरेन्स र खप्तड लघुवित्तका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, प्रभु इन्स्योरेन्स ९, युनाइटेड इदी मर्दी र दोर्दी हाइड्रोपावरको शेयर मूल्य साढे ८ प्रतिशतले बढेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको १६ करोड ८४ लाखभन्दा बढीको कारोबार भएको छ ।

हिमालयन डिष्ट्रिलरी लिमिटेडको १६ करोड ६४ लाख र एनआइसी एशिया बैंकको ११ करोड १४ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here