काठमाडौं, १८ पुस । एनआइसी एशिया बैंक नेपाली शेयर बजारमा सबैभन्दा महँगो शेयर मूल्य हुने वाणिज्य बैंक बनेको छ ।
नबिल बैंकलाई उछिन्दै एनआइसी सबैभन्दा धेरै शेयर मूल्य हुने बैंक बनेको हो । सोमवारको कारोबारसम्म नबिल बैंकको शेयर मूल्य प्रतिकित्ता ७३९ रुपैयाँ रहेको छ भने एनआइसीको २६ रुपैयाँ बढी अर्थात् ७६५ रुपैयाँ रहेको छ ।
यो नेप्सेमा सूचीकृत २५ वटा वाणिज्य बैंक मध्ये सबैभन्दा धेरै हो । नबिलले गत वर्षको नाफाबाट घोषणा गरेको १८.५ प्रतिशत बोनस शेयरका आधारमा मूल्य समायोजन भएपछि सेयर मूल्यका आधारमा एनआइसीभन्दा पछि परेको हो ।