मधेस प्रदेशमा कृषि क्षेत्रमा ५३ अर्ब ९५ करोड कर्जा प्रवाह, सबैभन्दा बढी सर्लाहीमा

फाइलफोटो

काठमाडौं, १८ पुस । मधेस प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जा कृषि क्षेत्रमा आक्रामक देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययन अनुसार मधेस प्रदेशमा कृषि कर्जामा ५३ अर्ब ९५ करोड प्रवाह भएको छ । प्रदेशमा प्रवाह भएको कुल कर्जा मध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १२.५५ प्रतिशत रहेको छ ।

मधेश प्रदेशमा प्रवाहित कुल कृषि कर्जा मध्ये सबै भन्दा बढी कर्जा प्रवाह सर्लाही जिल्लामा १६.४७ प्रतिशत रहेको छ भने सबै भन्दा कम सप्तरी जिल्लामा ७.०३ प्रतिशत रहेको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा रु.२२ अर्ब ३० करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा रु.१४ अर्ब ५ करोड रहेको थियो ।

समीक्षा वर्षमा सहुलियतपूर्ण कर्जा प्रवाहमा ठूलो वृद्धि आउनुमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंक तथा वित्तीय संस्थाले सो कर्जा प्रवाह गर्दा धितोमा आधारित भई अन्य कर्जा सरह सहुलियतपूर्ण कर्जा प्रवाह गर्नु प्रमुख कारण देखिन्छ ।

प्रवाहित कुल कर्जा मध्ये सबैभन्दा बढी रु.४ अर्ब ४८ करोड अर्थात्२०.१३ प्रतिशत सर्लाही जिल्लामा र सबैभन्दा कम रु.१ अर्ब ८ करोड अर्थात् ४.८७ प्रतिशत सप्तरी जिल्लामा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here