विचौलियाबाट हैरान त हुनुभएको छैन् ? यो नम्बरमा फोन गर्नुस्

काठमाडौं । यातायात कार्यालयहरुमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने विचौलियालाई प्रहरीले पक्राउ गर्न थालेको छ ।

सेवाग्राहीहरुलाई सहजिकरण गरिदिन्छौ, छिटो छरितो रुपमा काम गरिदिन्छौ, नपुगेका कागजातहरु पुर्‍याईदिन्छौ भनि प्रलोभनमा पारि हैरानी दिने नियन्त्रणमा लिन थालेको हो ।

सेवाग्राहीलाई अनावश्यक हैरानी दिई नियमित काम कारवाहीलाई प्रभावित पार्ने बिचौलिया प्रवृतीका व्यक्ति तथा समुह उपर प्रहरीले निगरानी तथा कारवाही बढाएको हुँदा यस किसिमको कुनै पनि जानकारी भएमा प्रहरी हटलाईन १००, १०३, वा फोन नं ०१-४२२८४३५, ९८५१२८३०२६ मा जानकारी गराउनहुन समेत कठमाडौं उपत्यका प्रहरी कार्यालय सबैमा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here