राहदानी वितरणको काम अनिश्चितकालका लागि अवरुद्ध

काठमाडौं, १९ पुस । राहदानी विभागले राहदानी वितरण अनिश्चितकालका लागि बन्द गरेको छ ।

विभागले एक सूचना जारी गर्दै मंगलबारदेखि अर्को सूचना जारी नहुदाँसम्म राहदानी लिन लागि विभागमा नआउन अनुरोध गरेको छ ।

सिस्टममा समस्या आएको भन्दै विभागले राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएको जनाएको छ ।

विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ आजको मितिदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि माथि उल्लेखित सेवा लिनको लागि विभागमा उपस्थित नभइदिनु हुन सादर अनुरोध छ । यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति राहदानी विभाग क्षमाप्रार्थी छ ।’

विभागले यो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र प्रणाली पूर्णरूपमा सुचारु हुन केही समय लाग्ने बताएको छ । नियमित रूपमा आवेदनका लागि समय बुक गरेका सेवाग्राहीले बुक गरेको मितिमा बायोमेट्रिकका लागि भने विभागमा उपस्थित उपस्थित हुन अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here