आहा ! रारा गोल्डकप: मनाङलाई हराउँदै भुटानी युथ स्पोर्ट्स सेमिफाइनलमा

काठमाडौं । मनाङ मर्स्याङ्दीलाई हराउँदै भुटानी शरणार्थीहरुको क्लब भुटानी युथ स्पोर्टस् क्लब आहा रारा पोखरा गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

मनाङ मर्स्याङ्दीलाई १–० ले हराउँदै भुटानी क्लब सेमिफाइनल पुगेको हो । भुटानी क्लबका लागि एकमात्र गोल प्रविण बस्नेतले गरे ।

भुटानी क्लबले फाइनल प्रवेशका लागि चर्च ब्वाइज युनाइटेडसँग खेल्नेछ । बाई पाएर सिधै क्वाटरफाइनमा पुगेको साविक उपविजेता मनाङ पहिलो खेलबाटै बाहिरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here