पाँचथरमा आगलागी हुँदा जलेर दुईजनाको मृत्यु

काठमाडौं । पाँचथरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मेघबहादुरका २३ वर्षीय छोरी ममता गुरुङ र २२ वर्षकी बुहारी आशासिंह थेबे रहेका छन् । आगलागीमा मेघबहादुर सहित दुईजना घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here