काठमाडौं । नेपाली बजारमा सुनको बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेकोे छ ।
मंगलबारको तुलनामा प्रतितोला ३ सय रुपैयाँ बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो । आज छापावाला सुन प्रति तोला १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रति तोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।