गभर्नर र अर्थमन्त्रीसँग प्रधानमन्त्रीको छलफल,अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्याका विषयमा गर्भनर र अर्थमन्त्रीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयबारे कुरा राखेका थिए ।

छलफलका क्रममा अहिले कायम बैंकहरुको ब्याजदर घटाउन र तरलताको समस्याबारे मौद्रिक नीतिमा सुधारका साथै अरु पहलकदमी लिनुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका छन्।

छलफलका प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरुको खोजी गर्न पनि दुवैजनालाई आग्रह गरेका छन्।

छलफलका प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनिकरण गर्ने उपायहरुको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसुचित र सचेत तुल्याउन आवश्यक रहेको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here