ज्ञानेन्द्रको कप्तानीमा रहेको काठमाडौंको लज्जास्पद हार

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी-२० क्रिकेट लिगअन्तर्गत बुधबार भएको खेलमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई १०२ रनले पराजित गरेको छ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछ्याएको काठमाडौं १५ ओभर ४ बलमा ८१ रन जोडेर अलआउट भयो ।

काठमाडौँको यो ८ खेलमा चौथो पराजय हो । काठमाडौँका लागि बसिर अहमदले २३ रन जोडे । लुम्बिनीका लागि इशान पाण्डे, कुशल भुर्तेल र ह्यारी टेक्टरले २-२ विकेट हात पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here