उच्च अंकले बढ्यो नेप्से, १५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २० पुस । शेयर बजारमा उच्च अंकले बढेको छ ।

साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से)६४.८७ अंकले बढेर २१२५.९४ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २५८ कम्पनीको ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँ बराबरको ८७ लाख ३३ हजार ५४२ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । व्यापार उपसमूह सबैभन्दा धेरै ९.७४ प्रतिशतले बढेको छ ।

उच्च अंकले बढेको बजारमा आज झन्डै डेढ दर्जन कम्पनीको शेयर मूल्यमा उछाल आएको छ । हिमालयन डिस्ट्रीलरी, साल्ट ट्रेडिङ, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर र खप्तड लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, कालिका पावर, आरएसडीसी लघुवित्त, बाराही हाइड्रोपावर, बिन्ध्यबासिनी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, आशा लघुवित्त, सबैको लघुवित्त, निर्धन उत्थान, सेन्टर फाइनान्स र समता लघुवित्तका शेयर धनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको साढे ११ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सानिमा माइ हाइड्रोपावर र एनआइसी एशिया बैंक १० १० करोड बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here