तीन महिना नै टिकेन राष्ट्र बैंकको निर्णय, अन्ततः चालू पुँजी कर्जा मार्गदर्शन संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले’चालु पुँजी कर्जा मार्गदर्शन २०७९’ संशोधन गरेको छ।

राष्ट्र बैंकले आज पत्रकार सम्मेलनको आयोजना गर्दै चालुपुँजी कर्जामा गरिएको संशोधनका विषयमा जानकारी गराएको हो।

व्यवसायी र उद्योगीको विरोधका बीच राष्ट्र बैंकले कात्तिक १ देखि लागु गर्ने गरी चालु पुँजी कर्जा मार्गदर्शन २०७९ गत भदौ ७ गते जारी गरेको थियो।

यसअघि नै चालु पुँजी कर्जा लिइसकेका लगानीकर्तालाई तत्कालै यो निर्देशिका लगाउँदा धेरै व्यवसायी ऋण तिर्न नसकी कालोसूचीमा पर्नसक्ने भएकाले यसलाई पर सार्नुपर्ने सुझाव बैंकर तथा व्यवसायी दुवैबाट आएपछि राष्ट्र बैंकसमेत पछि हटेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here