बागमतीमा पुनः रोकियो लाइसेन्स ट्रायलको ७० अंक प्रणाली, मुख्यमन्त्री कार्यालय नै बाधक

काठमाडौं । बागमती प्रदेशमा ७० अंक ल्याए सवारीचालक अनुमतिपत्रको (लाइसेन्स) ट्रायल पास हुने प्रणाली कार्यान्वयन तेस्रोपटक रोकिएको छ। 

अन्तिम तयारी भइरहदा बुधबारदेखि लागुहुने तयारीमा रहेको ट्रायलमा ७० अंक ल्याए उत्तिर्ण हुने प्रणाली बाग्मती प्रदेश मुख्यमन्त्री काार्यालयले पुनः रोक लगाएको हो ।

मुख्यमन्त्री पाण्डेको हस्तक्षेपका कारण दुईपटक रोकिएको यो प्रणाली बुधवारबाट लागू गर्ने तयारी गरिएको थियो। मुख्यमन्त्री कार्यालयले गत असोजदेखि कुनै न कुनै बहानामा प्रणाली लागू गर्न ढिलाई गर्दै आएको छ ।

यातायात व्यवस्था विभागले भने प्रदेश सरकारले अग्रसरता लिएर लागू गर्न खाेजे यो नियम लागू हुने बताउँदै आएको छ ।

मुख्यमन्त्री कार्यालयले उक्त प्रणालीका विषयमा अध्ययन गर्न श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिवको संयोजनमा समिति गठन गर्दै तत्कालका लागि सो प्रणाली लागु नगर्न निर्देशन दिएको हो ।

समितिले उक्त प्रणाली कसरी लागु गर्न सकिन्छ भन्नेबारे एक महिनाभित्र सुझावसहितको प्रतिवेदन बुझाउन पनि निर्देशन दिएको छ ।

यो प्रणाली तीन प्रदेशहरु प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा लागु भइसकेका छन् । तर बाग्मतीमा भने यो मूख्यमन्त्री कार्यालयको तेस्रोपटक हस्तक्षेप हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here