शनिबारसम्म छैन वर्षा र हिमपातको सम्भावना, तराईमा दिनभर हुस्सु र कुहिरो

काठमाडौं । तीन दिन वर्षा तथा हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर, तराईका अधिकांश भु-भागमा दिनभरीजसो हुस्सु र कुहिरो लाग्ने सम्भावना कायमै रहेको छ ।

काठमाडौं उपत्यकामा भने हल्का घाम लाग्नेछ। आज काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको छ।

महाशाखाले बिहीबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसोचाहिँ प्रदेश १ को हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुन सम्भावना छ। यसपछि शनिबार रातिसम्म कतै वर्षा तथा हिमपात हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ। 

महाशाखाले जारी गरेको ३ दिनको मौसम अनुमान यस्तो छ : 

पुस २१ गते बिहीबार

दिउँसो ː प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पुस २२ गते शुक्रबार

दिउँसो ː देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। 

राति : सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

पुस २३ गते शनिबार

दिउँसो ː सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

राति : रातीː सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here