शेयर कारोबार रकम ५ अर्ब नाघ्यो, चन्द्रागिरीसहित ९ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से)१७.९२ अंकले बढेर २१४३.७६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २५९ कम्पनीको ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँ बराबरको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । बुधवार ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँ बराबरको भएको थियो ।

आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये २ वटा बाहेक सबै परिसूचकमा हरियाली छाएको छ । होटल समूह सबैभन्दा धेरै ५.५७ प्रतिशतले बढेको छ ।

उच्च अंकले बढेको बजारमा आज झन्डै एक दर्जन कम्पनीको शेयर मूल्यमा उछाल आएको छ । दोहोरो अंकले बढेको बजारमा आज ९ कम्पनीको शेयर मूल्यमा उछाल आएको छ ।

चन्द्रागिरी हिल्स, बुद्धभूमि नेपाल, खप्तड लघुवित्त, धौलागिरी लघुवित्त र श्रृजनशील लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, बाराही हाइड्रोपावर, हिमालयन ऊर्जा, इस्टर्न हाइड्रोपावर र हिमालयन हाइड्रोपावरका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको ४३ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर २१ करोड र हिमाल दोलखा हाइड्रोपावर ११ करोड बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here