दक्षिण कोरिया जाने कामदारको भिसा शुल्क बढ्यो

काठमाडौं । कोरियन भाषा परिक्षा (इपीएस)मार्फत् दक्षिण कोरिया जाने नेपाली कामदारहरुको भिसा शुल्क बढेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा रहेको इपीएस कार्यालयले सूचना जारी गर्दै भाषा परीक्षा पास गरी कोरिया जाने कामदारहरुको भिसा शुल्क बढेको जानकारी दिएको हो ।

इपीएस कार्यालयअनुसार नेपालस्थित कोरियन राजदुतावासबाट सन् २०२२ डिसेम्बरसम्म ७ हजार २०० शुल्कवापत लिँदै आएकोमा सन् २०२३ जनवरीदेखि लागूहुने गरी उत्तः शुल्कमा ६०० वृद्धि गरी ७ हजार ८०० पुर्याएको छ ।

अब सीसीभीआई फारम भर्ने व्यक्तिहरुले भिषा शुल्कबापत ७ हजार ८०० रुपैयाँ तिर्नुपर्नेछ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय ललितपुरको नाममा नेपाल बैंक लिमिटेड गावाहल, खाता नम्बर ०१८०१०००००२००६०००००१ मा जम्मा गरेको सक्कल भौचर सीसीभीआई फारमसहित बुझाउन पनि शाखाले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here