एकीकरण मार्गमा सेनाले थाल्यो पदयात्रा,नुवाकोट हुँदै हनुमानढोकामा पुगेर टुंगिने

गोरखाबाट तत्कालीन नेपाल एकीकरणको पदमार्गमा पदयात्रा गर्न निस्किएको नेपाली सेनाको टोली । बिहीबार गोरखा दरबारस्थित हनुमान चौताराबाट सुरु भएको पदयात्रा धादिङ्, नुवाकोट हुँदै काठमाडौँसम्म पुग

काठमाडौं । गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्रा थालेको छ । गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको गोरखा–काठमाडौं एकीकरण मार्गमा बिहीबारबाट पदयात्रा सुरु भएको छ । गोरखा दरबारस्थित हनुमान भञ्ज्याङबाट बिहीबार सुरु यात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौं हनुमानढोकामा पुगेर टुंगिने नेपाली सेनाको रिपुमर्दन गणका गणपति हेम विष्टलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

पृथ्वीनारायण शाहकालीन पोसाकमा सजिएका सेनाको टोली यात्रामा सहभागी छ । कालो दौरासुरुवाल, टाउकोमा चातोडा, कम्मरमा खुकुरी हातमा भरुवा बन्दुकसहित शाहकालीन पोसाकमा सजिएका सेनाको सार्दुलजंग गुल्मको टुकडी र रिपुमर्दन गणले गोरखाबाट यात्रा सुरु गरेका हुन् । गोरखा दरबारबाट हनुमानढोकासम्मको २६ कोष दुरीको यात्रा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन पुस २७ गते टुंगिने छ ।

यात्राको पहिलो दिन सेनाको पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी दिपककुमार बानियाँले राष्ट्रिय झन्डा तथा टर्च गोरखा खण्डको नेतृत्व गर्ने रिपुमर्दन गणका यात्रामा सहभागी नेपाली सेनालाई हस्तान्तरण गरे । टर्च, नेपालको राष्ट्रिय झन्डा, सेनाको पहिलो कम्पनीहरु ९श्रीनाथ, कालीबक्स, पुरानो गोरख, सबुज र बबर्दबहादुर०को झन्डासहित यात्रा सुरु भएको हो । सेनाका पाँच कम्पनी पृथ्वीनारायण शाहकै पालामा स्थापना भएको नेपाली सेनाले जनाएको छ ।

रिपुमर्दन गणले यात्राको पहिलो दिन बिहीबार हनुमानभञ्ज्याङबाट ताप्ले–अश्राङ–वोर्लाङसम्मको यात्रा पूरा गर्ने छ । गोरखा खण्डको नेतृत्व सेनाको रिपुमर्दन गणका उपसेनानी वम बोगटीले गरेका छन् । पहिलो दिनको गोरखा खण्डको यात्रामा ३० जनाको टोली सहभागी रहेको नेपाली सेनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here