पाल्पा बस दुर्घटनामा आमाछोरीसहित एकै वडाका ६ महिलाको मृत्यु

काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, खुर्सानेमा ग १ ख ४९७७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। १६ जना घाइते भएका छन्। 

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर प्रस्थान गरेको ग १ ख ४९७७ नम्बरको बस राति साढे ९ बजे रैनादेवी छहरा ८ खुर्सानेमा दुर्घटना भएको हो। 

प्रहरीका अनुसार दुर्घटनामा ३३ वर्षीया निर्मला घिमिरे, उनकी छोरी ११ वर्षीया सुरुमा घिमिरे, ५४ वर्षीया खेमकुमारी राना, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनाकुमारी गाहा र २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको हो। 

मृतक सबै रैनादेवी छहरा–८ कै हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here