८ सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं, २२ पुस । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य शुक्रबार प्रतितोला ८ सय रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्यमा पनि २० रुपैयाँको गिरावट आएको महासंघले जानकारी दिएको छ । बिहीबार प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १३ सय ६५ रुपैयाँ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here