सरकारको १८ बुँदे न्यूनतम साझा कार्यक्रमको मस्यौदा सार्वजनिक के-के छ प्रथामिकतामा ?(पूर्णपाठ)

काठमाडौं । सत्ता गठबन्धनले १८ बुँदे न्यूनतम साझा कार्यक्रमको मस्यौदा सार्वजनिक गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित सत्तारुढ गठबन्धनको कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको थियो ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले शुक्रबार १८ बुँदे नीतिगत प्राथमिकता तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। उक्त मस्यौदा सत्ता साझेदार दलका शीर्ष नेतालाई शनिबार प्रतिवेदन बुझाइने छ ।

उक्त मस्यौदामा सरकारी सेवा उपलब्ध गराउन टाइम कार्डको व्यवस्था गर्नेदेखि सरकारी सेवाहरू अनलाइन प्रणालीमार्फत उपलब्ध गराउनेसम्मका योजनाहरु समावेश गरिएको छ ।

१८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन (पृथ्वीनारायण शाहको जन्मदिन), पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरेको छ।

साझा कार्यक्रममा लेखिएको छ, ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।’

‘सरल र सहज सार्वजनिक सेवा’को प्रबन्ध गर्न सेवाग्राहीलाई अहिले भोग्नुपरेको लाइनको सास्तीबाट मुक्त गराउने, सरकारी सेवाहरू अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने, सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागू गर्ने,’ मस्यौदामा उल्लेख गरिएको छ ।

त्यस्तै सार्वजनिक सेवा सञ्चालनलाई मितव्ययी बनाउनका लागि नयाँ सवारी साधान खरिदमा कटौती गर्ने योजना रहेको मस्यौदामा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here