गृहमन्त्रीले हटाए अगुवापछुवा गाडी, एउटामात्र राख्ने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफ्नो सवारीको क्रममा रहने सुरक्षाकर्मीको गाडी हटाएर एउटामात्र गाडी सुरक्षामा राख्ने भएका छन् ।

एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

‘नागरिकलाई सुरक्षित महसुस हुने वातावरण निर्माण गर्ने निकाय हो गृह प्रशासन। म यसको नेतृत्वमा रहँदा, म मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिकको अपेक्षा पुरा हुँदैन’, लामिछानेले भनेका छन्, ‘म मेरो भन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्न यो जिम्मेवारीमा आएको हुँ । म आफूले बोलेका कुरा इमानदारिताका साथ पुरा गर्नेछु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here