बैंक तथा वित्तीय संस्थाको निक्षेप ५३ खर्ब पुग्यो, ४७ खर्ब भन्दा बढी रकम कर्जामा

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्ब २ अर्ब निक्षेप सङ्कलन भएको हो ।

पुस १९ सम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसँग रु ५२ खर्ब ९५ अर्ब निक्षेप रहेकोमा पुस २० गते रु ५३ खर्ब २ अर्ब पुगेको हो।

गत मंसिरको अन्तिमसम्ममा रु ५२ खर्ब हराहारीमा रहेको निक्षेप संकलन पछिल्लो समय बढ्न थालेको हो।

राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकमा मात्रै रु ४६ खर्ब ७५ अर्ब निक्षेप संकलन भएको छ। पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले रु ४७ खर्ब ६७ अर्ब बराबरको कर्जा लगानी गरेका छन्।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो ८६.५६ प्रतिशत छ। बैंकमा लगानीयोग्य रकम बढेकै कारण अन्तर बैंक सापटीको ब्याजदर पनि घटेर ६.८३ प्रतिशत पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here