ओलीलाई बुझाइयो न्यूनतम साझा कार्यक्रमको मस्यौदा

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारको न्युनतम साझा कार्यक्रमको कार्यदलले तयार पारेको प्रतिवेदन बुझाएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा अर्थमन्त्री पौडेलले ओलीलाई साझा कार्यक्रमको प्रतिवेदन बुझाएका हुन्। 

शीर्ष नेताहरुले आवश्यकताअनुसार परिमार्जन गरेपछि सार्वजनिक गरिने कार्यदलले जनाएको छ । सरकारले न्यूनतम साझा कार्यक्रमको मस्यौदामा सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउनेदेखि दुई अङ्कको आर्थिक वृद्धि हासिल गर्ने प्रतिबद्धता जनाएको छ ।

कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदामा सार्वजनिक सेवामा टाइम कार्डको व्यवस्थालगायत नागरिकलाई सुविधा दिइने कुरा समेटिएको छ।

कार्यदलले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ लगायतका शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here