तोलाकै १ हजार रुपैयाँले बढ्यो सुनको भाउ

फाइलफोटो

काठमाडौं, २४ पुस । आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँ पुगेको हो ।

शुक्रबार सुन प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । । नेपाली बजारमा सुन हालसम्मकै उच्च २०७८ साउनमा १ लाख ३ हजार ५ सय पुगेकोमा आज त्यसको नजिक पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले उकालो लाग्दै १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here