नेपाल एयरलाइन्सबाट यात्रा गर्दा पीसीआर नेगेटिभ अनिवार्य

काठमाडौं, २४ पुस । नेपाल वायु सेवा निगमले विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड -१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न अनुरोध गरेको छ ।

कोरोना संक्रमण बढेपछि निगमले आफ्ना यात्रुलाई पीसीआर रिपोर्ट अनिवार्य पेस गर्न भनेको हो ।

निगमले सूचना जारी गर्दै आफ्ना सेवाग्राहीलाई यस्तो आग्रह गरेको हो । नेपालबाट बाहिरिने यात्रुको हकमा भने हाललाई यो नियम लागु गरिदएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here