दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से)२०.५५ अंकले बढेर २१६४.४८विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २५९ कम्पनीको ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार १ रुपैयाँ बराबरको १ करोड ४१लाख ९८८ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँ बराबरको भएको थियो । आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये ३ वटा बाहेक सबै परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ४४३ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । खप्तड लघुवित्त वित्तीय संस्था र बाराही हाइड्रोपावर १० प्रतिशतले बढेको छ ।

यसका साथै तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ । आज बुद्धभुमी नेपाल हाइड्रोपावर, वीन नेपाल लघुवित्त वित्तीय संस्था र सिर्जनशिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड २९ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । शिवम् सिमेन्टको १९ करोड ६८ लख र रिडी पावरको १५ करोड ७१ लाखको कारोबार भएको छ ।

त्यस्तै, रिडी पावर २१ करोड र हिमाल दोलखा हाइड्रोपावर ११ करोड बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here