प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेश, ६० सांसदको समर्थन

काठमाडौं । प्रदेश १ मा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीको दाबी पेश गरेका छन्।

सत्तारुढ गठबन्धनको तर्फबाट एमाले संसदीय दलका नेता कार्कीले आगामी मुख्यमन्त्रीका लागि ६० सांसदको समर्थनसहित दाबी पेश गरका हुन् ।

कार्की एमाले स्थायी कमिटी सदस्य हुन्। अध्यक्ष केपी शर्मा ओलीका बिश्वास पात्र मानिन्छन्।

पहिलो कार्यकाल अर्थात साढे २ वर्ष नेकपा एमालेले मुख्यमन्त्री पाउनेछ । त्यस्तै बाँकी अर्को कार्यकाल अर्थात साढे २ वर्ष नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री पाउनेछ ।

कार्कीलाई मुख्यमन्त्रीका लागि एमालेका ४०, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादी पार्टीका १ सहित ६० जना सांसदले समर्थन जनाएका छन्।

९३ सदस्सीय सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। अब प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्रीको रुपमा नियुक्त गर्नेछन् ।

प्रदेश १ को मुख्यमन्त्रीमा आधा–आधा कार्यकाल, पहिले एमालेका हिक्मत कार्की

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here