क्रिप्टो तथा अनलाइन जुवाका सबै वेबसाइट र एप बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सीका वेबसाइट तथा एप बन्द गर्न निर्देशन निर्देशन दिएको छ।

सरकारले मुद्राका रूपमा कानुनी मान्यता नदिएको बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सी र प्रतिबन्धित नेटवर्क मार्केटिङ पछिल्ला दिनहरूमा बढ्दै गएको र अनलाइन प्रविधि प्रयोग गरी यस्ता कारोबार हुने गरेको भन्दै उक्त निर्देशन दिएको हो ।

अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाईन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरू नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने व्यवस्ता गर्न प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन जारी गरेको छ।

उक्त निर्देशन पालना नगरे ऐन बमोजिम कारबाही हुने प्राधिकरणको अनुगमन महाशाखाले जनाएको छ । यसअघि अर्को नियामक निकाय, राष्ट्र बैंकले पनि विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजीजन्य गैरकानुनी कार्यहरूमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको थियो ।

फिका विश्वकपका बेला सट्टेबाजीमा संलग्न भएको आरोमा प्रहरीले केहीलाई पक्राउसमेत गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here