रामराजा श्रेष्ठको नेतृत्वमा इकोनोमिक मिडिया सोसाइटीमा नयाँ कार्यसमिति

काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरूको संस्था इकोनोमीक मिडिया सोसाइटी नेपाल ९इम्सन०मा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

शुक्रवार सम्पन्न संस्थाको पाँचौँ वार्षिक साधारणसभाले बिजखबर डटकमका सञ्चालक रामराजा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

आर्थिक मिडियाहरूको व्यावसायिक विकास र दक्षता वृद्धिका लागि ६ वर्षअघि स्थापना भएको इम्सनले विभिन्न आर्थिक विषयमा बहस सञ्चालनका साथै नीतिगत सुधारका लागि पहल गर्दै आएको छ ।

कार्यसमितिको उपाध्यक्षद्वयमा बिजशाला डटकमका सोमनाथ बास्तोला, बिजपाटी डटकमका सञ्चालक लोचन खतिवडा, महासचिवमा सिंहदरबार डटकमका नारायण पौडेल, सचिवमा टक्सार म्यागाजिनका हिम विष्ट, सहसचिवमा अर्थपथ डटकमका विष्णु जम्कटेल (तारुके०) कोषाध्यक्षमा भएका छन् ।

इन्स्योरेन्स खबर डटकमका केशव भण्डारी, सदस्यहरूमा अर्थ सरोकार डटकमका सुरज प्याकुरेल, अर्थ संसार डटकमका मिलन खड्का, आर्थिक आवाज डटकमका सुरेन्द्र पौडेल र अर्थतन्त्र डटकमकी सुवद्रा थापा सर्वसम्मत चयन भएका छन् ।

आर्थिक मिडियाहरूको व्यावसायिक विकास र दक्षता वृद्धिका लागि छ वर्षअघि स्थापना भएको इम्शनको अध्यक्षमा यसअघि कर्पोरेट नेपालका सीताराम विलासी अध्यक्ष थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here