उच्च अंकले बढ्यो नेप्से, धेरै कमाउने जलविद्युत समूहका लगानीकर्ता

काठमाडौं । शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)४६.७६ अंकले बढेर २२११.३८ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५७ कम्पनीको ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार १ रुपैयाँ ८५३ बराबरको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । आइतवार ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार १ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १ वटा बाहेक सबै परिसूचकमा हरियाली छाएको छ । जलविद्युत समूह सबैभन्दा धेरै ४.९४ प्रतिशतले बढेको छ ।

उच्च अंकले बढेको बजारमा आज एक दर्जन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन ऊर्जा, युनियन, सिंगटी हाइड्रोपावर र खप्तड लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, राधी विद्युत्, बाराही हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, हिमालयन पावर र पञ्चकन्यामाइ हाइड्रोपावरका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

आज रिडी पावरको सर्वाधिक कारोबार भएको छ । यसको २० करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, ङादी ग्रुप १७ करोड र एनआइसी एशिया बैंक साढे १६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here