न्यूनतम साझा कार्यक्रम: दोहोरो भूमिकाका संस्थान खारेज, ५ वर्षमा आर्थिक वृद्धिदर दुई अंक नजिक

काठमाडौं । सरकारले न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सरकारको न्यूनतम साझा कार्यक्रमा भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अघि बढाउने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यदलका संयोजक उपप्रधानमन्त्री विष्णु पौडेलले ६ महिनाभित्र नागरिकताको सबै समस्या समाधान गरिने बताए ।

उनले आर्थिक क्षेत्रको शिथिलतामा सुधारका लागि अनौपचारिक आर्थिक गतिविधिलाई औपचारिक क्षेत्रमा आकर्षित गर्ने बताए ।

‘पाँच वर्षमा आर्थिक वृद्धि दुई अंकनजिक पुर्‍याउने,’ पौडेलले भने, “त्यसका लागि स्वेदेशी कच्च पदार्थमा आधारित उद्योगहरूमा जोड दिने । जुत्ता, औषधि र सिमेन्टको उत्पादनलाई प्रोत्साहन दिने, भन्सार नियमनको माध्यमबाट स्वदेशी उत्पादनलाई प्रबर्द्धन गर्ने ।”

उनले सरकारको न्यूनतम सार्वजनिक गर्दै रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यको लगानी बढाउने बताए ।

उनले यो वर्ष सरकारले गाडी नकिन्ने र नयाँ सार्वजनिक निकाय खोल्न रोक लगाउने बताएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीले सरकारको कामलाई मार्गदर्शन हुने गरी न्यूनतम साझा कार्यक्रम तयार पारेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here