पब्जी विश्वकपको उपविजेता ‘डीआरएस’ टिम स्वदेश फिर्ता

काठमाडौ ।नेपाली पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा उपविजेता टिम स्वदेश फर्किएको छ ।

इन्डोनेसियामा भएको खेलमा उपविजेता बनेको नेपालको व्यावसायिक पब्जी टोली डीआरएस सोमवार साँझ ८ बजे नेपाल आइपुगेको हो ।

खेलाडीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जम्मा भएका सर्मथकहरुले भब्य स्वागत गरेका थिए । डिआरएसको टिममा दीपेश गुरुङ, साहस भण्डारी, सुविन प्रजापति र समीर गुरुङ छन्। टिमका सीइओ भिक्टर पौडेल हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here