वेल्सका कप्तान ग्यारेथ बेलले लिए सक्रिय खेल जीवनबाट सन्यास

काठमाडौं । वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेलले सक्रिय फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

उनले सोमबार सामाजिक सञ्चालनमार्फत अन्तर्राष्ट्रिय र क्लब फुटबलबाट संन्यास लिएको घोषणा गरेका हुन् । बेल वेल्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले वेल्सका लागि १ सय ११ खेल खेलेका छन् ।

उनले साउथह्याम्पटन, टोटनह्याम र रियल मड्रिड तथा अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीबाट पनि खेलेका थिए । हालै उनको नेतृत्वमा वेल्सले कतारमा सम्पन्न फिफा विश्वकप २०२२ खेलेको थियो ।

सन् २००६ मा साउथह्याम्पटनबाट व्यावसायिक फुटबल यात्रा सुरु गरेका बेलले टोटेन्ह्याम र रियल मड्रिडबाट खेलेका थिए ।

२००६ देखि २०२३ सम्मको सक्रिय फुटबल करियरमा बेलले सबैभन्दा बढी समय रियाल मड्रिडमा बिताए । उनी सन् २०१३ देखि १०२२ सम्म रियालमा रहेका थिए ।

रियालमा रहँदा उनले पाँच च्याम्पियन्स लिग उपाधि जितेका थिए । पछिल्लो समय उनी अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीबाट खेलिरहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here