६८४ शिक्षकका लागि दरखास्त आह्वान, लिखित परीक्षा चैत १८ गते (विज्ञापनसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले ६८४ शिक्षकका लागि दरखास्त आह्वान गरेका छन् । प्रदेश अनुसार सामुदायिक विद्यालयको मध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी शिक्षकको माग गरेको हो।

प्रदेश अनुसारको मागमा नेपालीका लागि १११ अंग्रेजीमा ८४, गणितका लागि २०८ विज्ञानका लागि १९१ सामाजिक अध्ययनमा ५४ शिक्षकको माग गरिएको छ।

त्यस्तै अर्थशास्त्रमा ८ शिक्षकको माग हुँदा लेखाका लागि १५ शिक्षा १ स्वास्थ्य शिक्षाका लागि एक शुक्लयजुर्वेद १ संस्कृत व्याकरण ३ संस्कृत भाषाका लागि ७ कम्प्युटर विज्ञानमा एक र संस्कृत साहित्यमा १ शिक्षकको माग गरिएको छ। 

यसको लिखित परीक्षा चैत्र १८ गते हुने छ। दरखास्तको अन्तिम समय माघ २४ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर फागुन २ सम्म दरखास्त दिन सकिने छ।  दरखास्तको अन्तिम समय माघ २४ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर फागुन २ सम्म दरखास्त दिन सकिने छ।