महिला लघुवित्तको लाभांश घोषणा

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

वैठकले ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउँनेछन्।