मल कारखाना खोल्ने प्रधानमन्त्रीको प्रतिवद्धता, राजश्व चुहावट नियन्त्रणमा प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा मल अभाव हुन नदिने दाबी गर्दै छिट्टै मल कारखाना खोल्ने बताएका छन्।

प्रतिनिधि सभा बैठकमा आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत माग्दै प्रचण्डले मल अभाव हुन नदिनेगरि छिट्टै मल कारखाना खोल्ने प्रतिवद्धता गरेका हुन् ।

देशको आर्थिक वृद्धिदर २ अंकको बनाउने लक्ष्यका साथ काम गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले सो लक्ष्य हासिल गर्न सबैको साथ र सहयोग चाहिने बताए।

उनले भने, ‘विश्व आर्थिक मन्दीको चपेडामा छ। हामी पनि यसको मारमा छौँ। स्वदेशकै आर्थिक सूचकांक पनि सकारात्मक छैनन्। राजश्व लक्ष्यको २५ प्रतिशतमात्र, वैदेशकि अनुदान २७ प्रतिशतमात्र प्राप्त भएको छ। वैदेशिक अनुदानको जम्मा लक्ष्यको ६ प्रतिशतमात्र पूरा भएको छ।’

उनले अब आयोजनाहरु २४सै घण्टा सञ्चालन हुने भन्दै राजश्व चुहावट नियन्त्रणमा प्राथमिकता दिने बताए। उनले निजी क्षेत्र र सहकारी लगायतसँग मिलेर विकास निर्माणमा काम गर्ने दावी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here