रोकियो शेयर बजारको उकालो यात्रा, ७ अर्ब ६५ करोडको कारोबार

काठमाडौं । शेयर बजारको उकालो यात्रामा ब्रेक लागेको छ । नयाँ सरकार बनेदेखि उकालो लाग्दै आएको शेयर बजार साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)२१.३५ अंकले घटेर २१.९० विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५४ कम्पनीको ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५७९ रुपैयाँ बराबरको २ करोड ८ लाख ४३ हजार ९५२ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । सोमवार ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार १ रुपैयाँ ८५३ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये बैंकिङ र म्युचुअल फण्ड बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.३१ प्रतिशतले बढेको छ ।

दोहोरो अंकले घटेको बजारमा बाराही हाइड्रोपावरको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले ठ्याक्कै १० प्रतिशतले कमाएका छन् । घट्दो बजारमा आज तारागाउँ होटलका शेयर सबैभन्दा धेरै ८.७४ प्रतिशतले घटेको छ ।

आज ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, अपि पावर २० करोड र रिडी पावर १८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here