विराटनगर नेपाल टी-२० लिगको फाइनलमा, उपाधिको लागि लुम्बिनीसँग भिड्ने

काठमाडौं । जनकपुर रोयल्सलाई पराजित गर्दै विराटनगर सुपर किङ्स जारी नेपाल टी-२० लिगको फाइनल प्रवेश गरेको छ । मंगलबार सम्पन्न दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले पराजित गर्दै विराटनगरले लुम्बिनीसँगको भेट पक्का गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको विराटनगरले जनकपुरलाई १६८ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा जनकपुर ४ बल बाँकी रहँदा अलआउट हुँदै १२८ रनमा सीमित भयो ।

जनकपुरका चादविक वालटनले ४७ बलमा ६ चौका प्रहार गर्दै सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेले । कप्तान ट्रेभोन ग्रिफित ३४ रनमा आउट हुँदा खडक बोहराले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरका तीब्र गतिका बलर कियोन जोसेफले ४ ओभरमा १ मेडन राख्दै २७ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । नन्दन यादव र राज नननले समान दुईदुई विकेट लिँदा सूर्य तामाङले एक विकेट लिए ।

यसअधि विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रनको योगफल तयार पारेको थियो । विराटनगर र लुम्बिनीबीचको फाइनल खेल बुधबार त्रिवि मैदानमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here