५३ औं वर्षमा आयल निगम, पाइपलाइनमार्फत पेट्रोल ल्याउने तयारी

काठमाडौं । नेपाल आयल निगम ५२ वर्ष पूरा गरी ५३ औं वर्षमा प्रवेश गरेको छ । निगमले मंगलबार आफ्नो ५३ औं वार्षिकोत्सव मनाएको हो ।

राजधानीमा आयोजित कार्यक्रममा निगमका कार्यकारी निर्देशक उमेश थानीले निगमले २ वर्षभित्र भारतबाट पाइपलाइनमार्फत पेट्रोल ल्याउने तयारी भइरहेको जानकारी दिए ।

उनले भने ‘आवश्यक अन्य पूर्वाधारको निर्माण सम्पन्न गरी अबको २ वर्षभित्र पाइपलाइनबाट पेट्रोल समेत ल्याउनका लागि इन्डियन आयल कर्पोरेसनसँग नियमित छलफल तथा प्राविधिक अनुभव आदानप्रदानको कार्यलाई तीव्रता दिइएको छ ।’

हाल भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनमार्फत डिजेल मात्र आयात भइरहेको छ । यसले डिजेलमा निगमको ढुवानी खर्च घटाएको छ ।

यद्यपि पेट्रोल भने ट्यांकरमार्फत भारतका डिपोहरुमार्फत आयात भइरहेको छ । निगमले एलपी ग्यासको ढुवानीका लागि भारतीय आयल कर्पोरेसनको वितरण केन्द्रलाई नेपाली सीमानजिक व्यवस्था गर्न भनेअनुरुप काम अघि बढेको थानीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here