रिडी पावर कम्पनीका अध्यक्ष धितोपत्र बोर्डको कारबाहीमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कारबाही गरेको छ।

न्यौपानेले धितोपत्र बजारमा कम्पनीको सेयर मूल्य बढाउन इन्साइडर ट्रेडिङ गरेको भन्दै बोर्डले कारबाही गरेको हो ।

बोर्डले धितोपत्र ऐन २०६३ को दफा १०१(७) अनुसार कारबाही गर्दै ७५ हजार जरीवाना गरेको छ। साथै, बोर्डले उनलाई १० वर्ष कुनै पनि पब्लिक कम्पनीमा संचालक हुन नपाउने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here