सेञ्चुरी बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, यसरी थाहा पाउनुहोस् परिवर्तित खाता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका खाताधनीहरुको खाता नम्बर परिवर्तन भएको छ। 

सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरी प्रभु बैंकले पुस २६ गतेबाट एकीकृत कारोबार शुरुगरेसँगै खाता नम्बर परिवर्तन भएको हो । एक सूचना जारी गर्दै सेन्चुरी बैंकले ग्राहकको खाता नम्बर परिवर्तन भएको जानकारी दिएको हो ।

‘साविक सेञ्चुरी कमर्सियल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहकको खाता नम्बर १२ अङ्कको रहेकोमा उक्त खाता नम्बर परिवर्तन भई १६ अ‌ंकको कायम भएको व्यहोरा जानकारी गराउँदछौं,’ बैंककाे सूचनामा उल्लेख छ ।

आफ्नो परिवर्तित खाता नम्बर आफ्नो मोबाइल तथा इन्टरनेट बैंकिङमा लगइन गरी वा प्रभु बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी यकिन गर्न सकिने बैंकले बताएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here